Erani Mahal
भदौ १ देखि नयाँ शैक्षिक सत्र, विद्यालय सञ्चालनबारे मन्त्रिपरिषद्ले गरेका ७ निर्णय
school-skech
काठमाडौं । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाम काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणित गरी शिक्षा मन्त्रालयलाई पठाएको निर्देशनमा भदौ १ गते देखि नयाँ शैक्षिक सत्रका कामहरु गर्नुपर्ने उल्लेख छ मन्त्रिपरिषद्ले पठाएको प्रमाणित निर्णयहरुमा शिक्षकहरु अनिवार्यरुपमा विद्यालय पुग्नुपर्ने तथा भाद्र १ गते देखि नयाँ भर्ना, कक्षागत विद्यार्थीको संख्या यकिन र भर्ना भएका विद्यार्थीको तथ्यांक भर्न निर्देशन दिइएको छ ।यस्तै, विद्यालय सञ्चालनको लागि तत्काल शिक्षा मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ शिक्षकहरु भदौ १ अगाडि नै विद्यालय पुगिसक्ने व्यावस्था मिलाउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए तत्काल उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । विद्यालय भवन तथा परिसरमा क्यारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने तथा क्यारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यस्तै, विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । हेर्नुहोस् मन्त्रिपरिषदले दिएको निर्देशन कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि देहाय बमोजिम गर्ने : (क) शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने (ख) २०७७ भाद्र १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने । (ग) नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने । (घ) विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय, शिक्षकहरु विद्यालय पगिसक्ने व्यावस्था मिलाउने । (ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने । (च) विद्यालय भवन तथा परिसरमा क्यारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने । क्यारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने । (छ) विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update