Erani Mahal
कोरोनाका कारण पाल्पामा कुनै पनि जात्रा र धार्मिक कार्यक्रम नहुने
er
पाल्पा– विश्व व्यापी रुपमा फैलिएको कोरोना जोखिम कायम रहेको भन्दै तानसेनमा कुनै पनि जात्रा महोत्सव हरु नहुने भएको छ । पाल्पामा प्रशिद्ध मानिने भगवती जात्रा, रोपाईँ जात्रा, चुईकी फिराई, अमर नारायण, गणेश, भिमसेन लगायतका कुनै पनि जात्रा महोत्सवहरु नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, विश्व हिन्दू महासंघ, विभिन्न गुठीसंघ संस्थाहरु र सरोकारवालाको उपस्थितिमा भएको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको हो । तानसेन भित्र संचालन हुने जात्रा तथा महोत्सवहरु संचालनका सम्बन्धमा कोभिड १९ संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्नुपर्ने अवस्था र नेपाल सरकारले समेत कुनै पनि जात्रा महोत्सवहरु, जमघट गर्न रोक लगाएका कारण तानसेनका सबै जात्रा महोत्सवहरु नगर्ने निर्णय भएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले रानीमहललाई बताउनुभयो । उहाँका अनुसार तानसेनमा संचालन हुने धार्मिक पर्वहरु सम्बन्धित गुठीयारबाट नित्य पूजापाठ गरेर संचालन गर्ने निर्णय भएको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update