Erani Mahal
माथागढीको झडेवामा पहिरोले एक घर जोखिममा
116512517_3263585306998066_4145327298287751820_n
सुनिता अधिकारी पाल्पा– जिल्लाको माथागढी गाउँपालिका ४ झडेवामा पहिरोले घर पुरिएको छ । स्थानीय टंकनाथ पन्थीको घरमाथीबाट आएको पहिरोले घरमा बस्न नमिल्ने गरेर जोखिम बढाएको हो । स्थानीय समाजसेवी चन्द्रदेव पन्थीको अनुसार घर माथी डोजरले खनेको बाटोको पुरुवा माटो बगेर आएको पहिरोले उहाँको घर जोखिममा परेको हो । पन्थीको घरसंगै अन्य स्थानीयहरुको घर गोठ समेत जोखिममा रहेको उहाँले रानीमहललाई बताउनुभयो । पन्थीका अनुसार झडेवामा एक दर्जन बढी घर गोठहरु जोखिममा रहेको बताउनुभयो । उहाँले टंकनाथ पन्थी फेरी पहिरो आउने डरले अरुको घरमा आश्रय गरेर बसेको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update