Erani Mahal
माथागढी गाउँपालिकाले क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे छर्कियो
DSC_0597
पाल्पा- कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माथागढी गाउँपालिकाले आफ्नो वडामा रहेका क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे छर्किएकाे छ । माथागढी गाँउपालिकाले आठ वटै वडा भित्र रहेका क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरेकाे माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । अहिले यहाँका क्वारेन्टाइन बनाइएका विद्यालय, सामुदायिक भवन र चर्चहरुमा डिसइन्फेक्सन स्प्रे छर्किएको छ । लकडाउन खुलेको अवस्थामा विद्यालयको प्रशासनिक काम काजहरु पनि हुने र विद्यालयहरु पनि विस्तारै खुल्ने अवस्थामा रहेकाले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो अभियान सुरु गरिएको थापाले बताउनुभयो । माथागढी गाउँपालिकामा २८९ बेडको क्वारेन्टाईनमा भारत तथा तेस्रो मुलुकबाट आएका ४२३ जनालाई राखिएको थियो । जस मध्ये ३० जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो भने ३९३ जना नेगेटिभ रिर्पोट आएपछि घर फर्किसकेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update