Erani Mahal
तिनाउमा सिकाई व्यवस्थित गरिदै, विद्यालयमा अनिवार्य उपस्थित हुन शिक्षकलाई दिर्नेशन
116045528_2391648574462885_9124923490927627816_n
पाल्पा– तिनाउ गाउँपालिका भित्रका शिक्षकलाई विद्यालय समयमा अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । तिनाउँ गाउँपालिकाका भित्रका प्रधानाध्यापकहरुको बैठकले विद्यालयमा अनिवार्य उपस्थित भएर शैक्षिक क्रियाकलापममा सहभागिता हुने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक ओमबहादुर घर्तीले कोरोनाको लकडाउन पछि बन्द भएको विद्यालय र टोल शिक्षा मार्फत शैक्षिक गतिविधि अगाडि बढेकोमा अहिले अनिवार्य रुपमा विद्यालयमा उपस्थित भएर गतिविधि गर्न निर्देशन दिनुभएको छ । केही शिक्षकहरु हालसम्म पनि विद्यालयको सम्पर्कमा नआएको पाइएकोले अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन निर्देशन दिइएको प्रमुख घर्तीले रानीमहललाई बताउनुभयो । विद्यालय आउँदा कोभिड १९ सम्बन्धि प्रोटोकलको पालना गर्नुपर्ने, सरसफाई, माक्स, सेनिटाइजरको प्रयोग, हातधुने लगाएतका कामहरु अनिवार्य रुपमा शिक्षकहरुले गरेर शैक्षिक क्रियाकलापमा सहभागि हुनुपर्ने उहाँले बताउनुभयो । बैठकले एक महिनाभित्र कार्यसम्पादन मूल्यांकन, सम्पत्ति विवरण बुझाउनु पर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रधानाध्यापकहरुले आफ्नो विद्यालयको गतिविधि, कार्यसम्पादन कार्यक्रमहरु रिपोटिङ्ग गरेका थिए । बैठकमा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, प्रशासन शाखाका यादव अर्याल, दोभान माविका प्रअ सूर्य पौडेल, मस्याम माविका प्रअ कृष्ण प्रसाद पाण्डे लगाएतले धारणा राख्दै कोरोना पछि शैक्षिक क्षेत्रमामा परेको असरलाई न्यूनिकरण गर्न आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । बैठकमा गाउँपालिका भित्रका अनाथ, असाह्य विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री, ड्रेस, कापी, किताव समेत वितरण गरिएको थियो । सामाजिक विकास शाखाका प्रमुख तथा प्रवक्ता राजेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update