Erani Mahal
पाल्पाको खस्यौली करनगौरामा पहिरो : पाल्पा गुल्मी सडक अबरुद्ध
pahiro
पाल्पा– पाल्पा गुल्मी तमघास सडक खण्डको करनगैरामा पहिरो गएको छ । रिब्दकोट गाउँपालिका वडा नं. ३ खस्यौलीको करनगौरामा पहिरो गएका कारण बाटो पूर्ण रुपमा अरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीले ठूलो पहिरो झरेको पहिरो हटाउनको लागि समन्वय भइरहेको प्रहरी प्रवक्ता मदन गिरीले बताउनुभयो । यस अघि पाल्पा बुटवल सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो भने दिउँसो मात्रै पहिरो हटाएर सडक सुचारु गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update