Erani Mahal
सिद्धबाबा क्षेत्रकाे पहिराे हटाइयाे यातायात एकतर्फी सुचारु
115824906_2561285114202235_704006040575100069_n
पाल्पा– पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो हटाएर सवारी सुचारु गरिएको छ । सिद्धबाबा मन्दिर नजिकै ड्याम निर अहिलेसम्मकै ठूलो पहिरो गएका कारण बाटो पूर्ण रुपमा अरुद्ध भएको बाटाे सुचारु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । करिब ३ बजेतिर पाल्पा र बुटवल तर्फबाट गएका लाेडरकाे सहायतामा पहिराे हटाइएकाे हाे । मन्दिर नेर मंगलवार झरेकाे पहिराे । अहिले याे पहिराे हटाएर बाटाे सुचारु गरिएकाे छ । प्रहरीले ठूलो पहिरो झरेको र निरन्तर पानी परेकोले यस क्षेत्रमा पैदल तथा यातायातका साधन रातीमा प्रवेशमा निषेध गरेको प्रहरी प्रवक्ता मदन गिरीले बताउनुभयो । उहाँले प्रहरीले सूचना नै जारी गरेर पैदल यात्रा समेत नगर्न र बाटो पूर्ण रुपमा खुलेपछि मात्र यात्रा गर्न अनुरोध गरिएको बताउनुभयो । निरन्तर परेको पानी र चुरे क्षेत्र भएको कारणले समेत पाल्पाको डुम्रेदेखि चिडियाखोला सम्मका क्षेत्रमा निरन्तर रुपमा पहिरोहरु झरेका छन् । यात्रुहरुले बुटवल तानसेन यात्रा गर्दा बैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक नहिड्न प्रहरीले अनुरोध समेत गरेको छ । गिरीका अनुसार पाल्पा–बुटवल खण्डको गौडेपुल नजिकै र शिद्धबावा क्षेत्रमा पहिरो खसेर सडक अबरुद्ध छ । उहाँले पानी निरन्तर परिरहेकाले पहिरो हटाउन समस्या भएको र पानी बसेपछि पहिरो हटाउने कार्य जारी रहनेछ । पाल्पाकाे अन्य क्षेत्रका सडक भने सुचारू रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update