Erani Mahal
तिनाउ गाउँपालिकामा रोटा भाइरस विरुद्धको खोप अभियान सुरु
116016313_213496403322496_1411117651654173972_n
पाल्प– तिनाउ गाउँपालिकामा रोटा भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियानको सुरुवात गर्दै गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले यो भाइरस विरुद्धको खोपमा तिनाउँका सबै बालबालिकालाई सहभागि गराउन आग्रह गर्नुभयो । रोटा भाइरसबाट हुने बालबालिकाको झाडापखलालाई बचाउन यो खोप निशुल्क रुपमा दिइने गरिन्छ । ६ हप्ता पुगेका बालबालिकालाई डिपिटी, हेपाटाइटिससँगै रोटा भाइरसको खोप समेत दिइने गरिन्छ । श्रावण देखि नेपाल भरी थप गरिएको रोटा भाइरसको खोप पहिलो पटक मुखबाट दिइन्छ । भने त्यसको दश हप्तापछि दोस्रो मात्रा दिइन्छ । तिनाउँ गाउँपालिकाका सबै वडामा यो खोप कार्यक्रम लागु गरिएको अध्यक्ष घर्तीले रानीमहललाई बताउनुभयो । उहाँका अनुसार तिनाउमा सरसफाई प्रर्वद्धनात्मक कार्यक्रम सँगै १ हजार दिनका आमाहरुलाई स्वास्थ्य शिक्षा, खोप, पोषणका बारेमा समेत जानकारी गराइनेछ । खोप शुभारम्भ कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले रोटा खोपको बारेमा बताउनुभयो । झुम्सा स्वास्थ्य इकाई व्यवस्थापन समितिका अध्यक्ष सावित्रा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम नर्सिङ्ग इन्चार्ज रिता थापाले स्वागत र सिअहेवा ठाकुर कुँवरले संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update