Erani Mahal
पाल्पामा ५६१ काेराेना संक्रमितमध्ये ५५४ जना निकाे भएर घर फर्किए (तथ्यांक सहित)
aaa
पाल्पा - पाल्पामा हालसम्म ५५४ काेराेना संक्रमित निकाे भएर घरमा फर्किएका छन् । काेराेना संक्रमित हुने मानिसकाे संख्या घटेपछि निकाे भएर घर जानकाे संख्या बढेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । पाल्पामा सोमबार मात्र थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । साेमबार घर फर्किनेमा माथागढीका १,बगनासकालीका ५ र तानसेनका १ जना संक्रमित निकाे भएर घर फर्किएका हुन् । संक्रमितलाइ लक्षण नदेखिएपछि पीसीआर बिनै घरमा फर्काइएकाे हाे । पाल्पामा अब ७ जना मात्र आइसाेलेसनमा छन् । माथागढीका ३० जना, रामपुरका ११७ जना, पूर्वखोलाका १५९ जना, रैनादेवी छहराका ३८ जना, रम्भाका ४० जना, बगनासकालीका ४२ जना, तिनाउका ८ जना, रिब्दीकोटका ५ जना, निस्दीका ९८ जना, तानसेनका १४ जना, गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update