Erani Mahal
नगरपालिकालाई आपतकालिन सामग्री हस्तान्तरण
mmmm
पाल्पा - बर्खायाममा भएको जोखिमबाट प्रभावित घरधुरीलाई प्रदान गर्ने उद्देश्यले बेस नेपालले रामपुर नगरपालिकालाई राहत र पुनःस्थापना सामाग्री हस्तान्तरण गरेको छ । लगातारको पानीले घर जोखिममा परेका साथै घर आगजनीले दैनिकी चलाउन समस्या भएका नगरपालिका भित्रका १६ घरपरिवारलाई प्रदान गर्ने गरि राहत हस्तान्तरण गरिएको हो । बेलायत सरकारको सहयोगमा केयर नेपाल मार्फत बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले सामान हस्तान्तरण गर्दै पिडामा परेका नागरिकको दिन सहज बनाउन अत्याबश्यक सामाग्री नगरपालिकालाई जिम्मा लगाइएको बताउनुभयो । नगरपालिकाका बढी जोखिममा रहेका र प्रभावितहरुलाई नगरपालिकाले प्रदान गर्नेछ। सामान ग्रहण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सो सामाग्री समस्यामा परेका वडाका नागरिकलाई दिइने बताउनुभयो । आपतकालिन सामाग्री अन्तर्गत त्रिपाल, बाल्टी, जग, म्याट, लाइट, केही लत्ताकपडा देखि सरसफाइका लागि आबश्यक साबन, ब्रस, मन्जन, काइयो, नङ्कट लगायतका सामान रहेका छन् । बाढी पहिरो घरमा पसेको, पुरेको जस्तो समस्या परेर आफन्तीको घरमा शरणमा बस्न बाध्य वा अन्य आकस्मिक कारण जनधनको समस्या भोगिरहेका उनीहरुलाई केहीमात्रामा सहयोग पुगोस् भनेर यस सामाग्री दिइएको बेस नेपालका सुआहारा कार्यक्रम फिल्ड सुपरभाइजर सन्जु परियारले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update