Erani Mahal
रामपुरकाे कपडा गाेदाममा आगलागी
mmm
पल्पा – रामपुर नगरपालिका वडा नं ६ बिजयपुरकाे एक कपडा गाेदाममा आगलागी भएकाे छ । विजयपुरका सूर्य बहादुर लम्सालको कपडाको गोदाममा शुक्रबार राति आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । विजुली सर्ट भई आगलागी हुँदा गोदाममा रहेको फाईबर सिरक, दसना, काठको दराज, काठ पलङ लगायतको सामानहरु जलेर नष्ट भएको पीडितले बताएका छन् । [caption id="attachment_12064" align="alignnone" width="854"] प्रतिनिधि तस्विर : गुगल ।[/caption] आगो स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिदाँ ठूलो क्षेति हुनबाट जोगिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update