Erani Mahal
पूर्वखाेलाकाे जनउज्वल आधारभूत विद्यालय पहिराेकाे जोखिममा
o
पाल्पा - लगातार परेको वर्षातका कारण पूर्वखोला-३, अर्खलडाडा जनउज्ज्वल आधारभुत विद्यालय पहिराेकाे जोखिममा परेको छ । जम्मा ३ बटा भवनमा रहेको बिध्यालयको दक्षिणी भेग तर्फ जंगसंगै जमिन भासिएर पहिरो गएको बिध्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पंगेनीले वताउनुभयो । उहाँले अहिले विध्यालयमा पठनपाठन नभएको र अब लगतै बिध्यालयमा पढाउने हुँदा जोखिम बढ्ने वताउनुभयो । त्यस्तै बिध्यालय व्यवस्थापन समितिका सद्स्य तथा वडा न -३ वडा सदस्य प्रेम नारायण पंगेनीले बिध्यालएको जोखिम बढेकाे बताउनुभयाे । पहिरो नियन्त्रणको लागि सबै ठाउँमा निबेदन दिने र पहिराेलाइ रोक्न पहल गर्ने बताउनुभयो । पूर्वखोला गाउँपालिका इलाका प्रहरी कार्यालयले बिध्यालयको जोखिम भएकाले ७ लाख ५० हजार बराबर क्षती भएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update