Erani Mahal
बगनासकाली चिर्तुङ्धारा र पाेखराथाेकका कृषकलाई प्लाष्टिक टनेल वितरण
plastic tanel
पाल्पा- जिल्लाकाे बगनासकालीका किसानलाइ प्लाष्टिककाे टनेल वितरण गरिएकाे छ । युएसआइडीको आर्थिक सहयोग र सिआइएमएमआइटीसङ्गको साझेदारीमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाको र स्थानीय साझेदारहरको रुपमा रहेकोे गैरे एग्रोभेट सेन्टर बगनासकाली गाउँपालिका-२ पोखराथोकको सहयोगमा टनेल वितरण गरिएकाे हाे । वेमौसमी तरकारी खेती टमाटर,काउली लगाएतका तरकारी खेतीको लागि बगनासकाली गाउँपालिका १ र २ न वडाका ४ जना कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरिएको हाे । कृषकहरुलाई पलाष्टिक टर्नेल,बेमौसमी तरकारी खेतिको लागि आवश्यक बीउ-बिजनहरु वितरण गरिएको थियोे भने अन्य आवश्यक सामाग्रीहरु परियोजना बाटै उपलब्ध गराउने परियाेजनाले जनाएकाे छ । त्यसैगरी,बगनासकाली गाउँपालिकामा बेमौसमी तरकारी काउली खेतीका लागि वडा १,२ र ३ का कृषकहरूमा पनि यो कार्यक्रम संचालन गर्ने लक्ष्य रहेकोे फिल्ड सुपरभाइजर कृष्ण थापाले बताउनु भयो । कृषक समूह गठनको सुरुवातमा कृषि शाखा बगनासकाली गाउँपालिका र स्थानीय गैरे एग्रोभेटद्वारा सहजीकरण गरिएको हाम्रा सहयाेगी सञ्जय पहारीले जनाउनुभएकाे छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update