Erani Mahal
स्याङ्जाकाे चापाकोटमा दुर्लभ प्रजातिको अजिङ्गर फेला
Untitled-1
स्याङ्जा - जिल्लाकाे चापाकोट नगरपालिका-१० मा शुक्रबार दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । चापकाेटकाे किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखिएकाे स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय एक किसान खेतमा पानी लगाउन गएका बेलामा अजिङ्गर देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरी चौकीमा खबर गरेका थिए । डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताउनुभयो । सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५-३० केजी तौलको रहेको जनाइएको छ । कालीगण्डकी नदी नजिकै रहेकाले नदीबाट सर्प आएको हुन सक्ने अनुमान गरिएकाे छ । यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुने काफ्लेले बताउनुभयाे यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ । अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update