Erani Mahal
बल्ढेङ्गढीका भीमकुमारीकाे आत्महत्याबारे प्रहरीले अनुसन्धान थाल्याे
ooo
भुवन कार्की, पाल्पा – पाल्पाको रैनादेवीछहरा गाउँपालिका वडा नं. ७ स्थित चिदीपानीमा गत असार १ गते झुण्डीएर आत्महत्या गरेकी २६ वर्षीया लक्ष्मी भनिने भीमकुमारी बिकको आत्महत्या प्रकरणबारे अनुसन्धान शुरु भएको छ । अनैतिक प्रेम सम्बन्ध राखेका एक युवाले दिएको मानसिक यातनाले उनी मर्न बाध्ये भएको भन्ने परिवारको दाबीपछि कानुनी रुपमा पनि यसको अध्ययन शुरु भएको प्रहरीले जनाएकाे छ । घटना यसरी भयो भिमकुमारी त्यसअघि रुपन्देहीको सैनामैनास्थित बासगढीमा बसेर एक छोरा र छोरीलाई एक निजी विद्यालय पठाउने गर्थिन् । आफ्ना छोराछोरी ओसार्ने स्थानीय सनराइज बोर्डिङको गाडी चलाउन चालक बिमल परियारसंग अनैतिक प्रेम सम्बन्ध चलिरहेका बेला उनले आत्महत्या गरेको पाइएको छ । नेपाल प्रहरीमा कार्यरत आफ्ना पतिको आँखा छलेर चालक परियारसंग प्रेम सम्बन्ध गाँसेकी विकले परियारसंग अनैतिक सम्बन्ध समेत राख्ने गरेको परिवारको दाबी छ । मृतक विककी बहिनी अनिता विकका अनुसार परियार र मृतक बिकबीच अनैतिक सम्बन्ध थियो । उनीहरुबीचको अनैतिक सम्बन्धबारे जानकारी पाएपछि मृतकका श्रीमान् तारा विकले पत्नीको निगरानी गर्न थालेका थिए । बासगढीकै स्थानीय रहेका परियारले मृतक भिमकुमारीलाई भेट्न उनकै निवासमा जाने गरेको र मोटरसाईकलमा विभिन्न ठाउँमा घुमाउने गरेको आफूले पाएको मृतककी बहिनी अनिताले बताउनुभयाे । भिमकुमारीले आत्महत्या गर्नु तीन दिनअघि मात्र परियार मृतकको घर पाल्पा माथागढीस्थित चिदिपानी पुगेको उहाँले बताउनुभयाे । चिदीपानीमा रहेका मृतकका परिवारसंग पनि परियारको भेट भएको मृतककी देवरानी सुकमाया विकको भनाई छ । सुकमायाले भन्नुभयाे, ‘त्यो मान्छे तीन पटक आईसक्यो, शोभाको मम्मी खोई, त्यो कहाँ लुकेकी छे भन्दै आउने गर्दथ्यो ।’ पटक—पटक गाउँमा जाने र निवासमै आएर मृतक भिमकुमारीसंग अनैतिक सम्बन्ध राख्ने गरेको थाहा पाएपछि उनका पतिले निगरानी शुरु गरेका थिए । त्यसै क्रममा जेठ महिनाको अन्तिम दिन मृतक भिमकुमारी चिदीपानीको बेसीमा पर्ने ढाव भन्ने ठाउँमा काम गर्न गएकी थिइन । उक्त ठाउँमा ती परियार पनि गएको हल्ला थाहा पाएपछि उनका पति तारा र तारका दाजुले पिछा गरेका थिए । तर परियार भाग्न सफल भएपछि ताराले आफ्नी पत्नीलाई लिएर घर पुगेका थिए । भोलिपल्ट माईतिलाई पनि बोलाएर छलफल गरौंला भन्ने परिवारको सल्लाहपछि भिमकुमारी आफ्नी जेठानी दिदीसंग सुतेकी थिइन । तारा एक्लै सुतेका थिए । भोलिपल्ट असार १ गते उनी रुखमा झुण्डीएको अवस्थामा फेला परेकी थिइन । [caption id="attachment_12032" align="alignnone" width="838"] भीमकुमारी । तस्विर : भीमकुमारीकाे फेसबुकबाट ।[/caption] अनुसन्धान शुरु भिमकुमारीको काजकिरीया सकेपछि मृतकका पति तारा विकले जिल्ला प्रहरी कार्यालय पाल्पामा मृतकको फोन कल रेर्कड हेर्न निवेदन दिनुभएकाे छ । कल रेर्कड अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ । कल रेर्कड आईसकेपछि उक्त घटनाको गहन अध्ययन गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी मदन गिरीले बताउनुभयाे । गिरीले ‘मृतकका बुवा र आफन्त पनि गुनासो लिएर आउनुभएको थियो, कल रेर्कड आइसकेपछि यो घटनाको थप अध्ययन गर्नेछौं ।’ मृतककी बहिनी अनिताले बिमल परियारले दिएको मानसिक दबावले आफ्नी दिदीले आत्महत्या गरेको दाबी गर्नुभएकाे छ । अनिताले भन्नुभयाे, ‘दिदीलाई एक दुई दिन नदेख्दा पनि तिम्रो दिदी कता छे मैले बिहे गर्ने हो तिमी मेरो साली हो भन्ने गर्थ्यो, गाउँमा समेत गएर दिदीलाई दबाव दिएपछि दिदीले आत्महत्या गरेकी हो ।’ मंसंग बिहे नगरे जेपनि गर्न सक्छु भन्दै बिमलले धम्क्याउने गरेको उहाँकाे दावी छ । अनिताले अगाडि थपिन, ‘पिछा लागेर बिमलले घरमै पुगेर मानसिक तनाव दिएको हो, घर परिवारले पनि चाल पाएपछि दोहोरो तनाव सहन नसकेर दिदीले आत्महत्या गरेकी हो, उसलाई कानुनी कारवाही हुनुपर्छ ।’ उता बासगढीका गाडी चालक बिमल परियारले भने आफनो कारणले आत्महत्या गरेको भन्ने तर्क अस्विकार गरेका छन् । आफूले अनितालाई ३० हजार रुपैयाँ सापटी दिएको र त्यही रकम माग्नको लागि दुई दिदीबहिनीसंग भेट्ने गरेको बताए । तर ३० हजार रकम सापटी लिएको कुरा झुट भएको अनिताले बताउनुभयाे । सैनामैनाको सुखौरा निवासी अनिताले भन्नुभयाे, ‘पैसा दिएको भए दिदीलाई दियो होला तर मलाई दिएको छैन, दिदीको घटनाबाट भाग्नको लागि लेनदेनको बहाना बनाएको हो ।’ अब के होला ? मृतक भिमकुमारीका पति तारा विकले पनि बिमल परियारकै कारण आफ्नो परिवार उजाड बनेको भन्दै कानुनी कारवाहीको लागि आफू धाइरहको बताउनुभयाे । नाबालक छोरा र छोरीले समेत बिमल परियारले आफूहरुलाई पैसा दिएर आमालाई भेट्न आउने गरेको बताएको उहाँले बताउनुभयाे । यदि बिमल परियारको मानसिक दबावले भिमकुमारी मर्न बाध्ये भएको भन्ने तथ्य भेटिए परियारलाई आत्महत्या दुरुत्सानको मुद्दा लाग्ने प्रहरीले जनाएकाे छ । यदि आत्महत्या दुरुत्सान पुष्टि भए उनलाई पाँच वर्षसम्मको कैद र ५० हजार रुपैयाँ जरीवाना हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update