Erani Mahal
ट्याक्टरकाे ठक्करबाट एक जना बृद्धाकाे ज्यान गयाे
accedent
स्याङ्जा - कालीगण्डकी गाउँपालिकाकाे वडा नं. १ मा बिहीबार राति लु ३ त ४२०१ नम्बरको ट्याक्टरले ठक्कर दिदा एक जना वृद्धाको ज्यान गएको छ । कालीगण्डकीकाे वडा १ को ठाटी भञ्ज्याङमा रोकि राखेको ट्याक्टर अचानक गुड्न गई हाेटलमा बस्नुभएका स्थानीय ७७ वर्षिय कृष्ण कुमारी रेश्मीलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ । ट्याक्टरको ठक्करबाट घाइते हुनुभएका रेश्मीलाई उपचारका लागि पाल्पाकाे तानसेनस्थित मिसन अस्पतालमा ल्याइदै गर्दा ज्यान गएको प्रहरीले जनाएकाे छ । बिहीबार बेलुका करीब ९:३० बजे राेकेर राखेकाे ट्याक्टर अचानक अगाडि बढ्दा बृद्धालाइ ठक्कर दिएकाे हाे । ठक्कर दिने ट्याक्टर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update