Erani Mahal
शिद्धबावाकाे कालीनाग क्षेत्रमा ठूलाे पहिराे खस्याे, पाल्पा-बुटवल सडक अबरूद्ध
109117103_608846323373320_1840823531314160716_n
पाल्पा - सिद्धबाबा क्षेत्रकाे कालीनाग मन्दिर नजिकै पहिरो जाँदा पाल्पा-वुटवल सडक बिहीबार ९:३० बजेदेखि अबरुद्ध भएको छ । सडक माथिबाट खसेकाे ठूलाे ढंगा सहितकाे पहिराेले सडक अबरूद्ध बनेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयाे । यसअघि साेही स्थानमा पहिराे गएपछि बाटाे पूर्ण रुपमा अबरुद्ध भएकाे थियाे । रातिकाे समयमा पहिराे हटाउन सम्भव नरहेकाे प्रहरीले जनाएकाे छ । बिहीबार साँझ पानी परेकाले पहिराे खसेकाे बताइएकाे छ । प्रहरीले पाल्पा बुटवल सडकमा यात्रा गर्दा रातीमा नहिड्न र अत्यावश्यक भएमा बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update