Erani Mahal
पाल्पामा कोरोना भाइरस जित्ने ५ सय ४३ जना पुगे, अब आइसाेलेशनमा १३ जना बाँकी
aaa
पाल्पा – पाल्पामा कोरोना भाइरस सङ्क्रमणलाई जितेर घर फर्किने दिनहुँ बढेका छन् । कोरोना भाइरस लागेका मानिसहरू निको भएर घर फर्किने दिनहुँ बढेका हुन् । पाल्पामा हालसम्म ५ सय ४३ जना कोरोना जितेर घरमा फर्किसकेका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भई जिल्लाको विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत ५ सय ४३ जना कोरोना जितेर घरमा फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बुधवार लुम्बिनि मेडिकल कलेजबाट ५ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी आेम प्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै घर फर्किनेको सङ्ख्या ५ सय ४३ पुगेको उहाँले बताउनुभयो । [caption id="attachment_11763" align="alignnone" width="2048"] पूर्वखाेलाकाे उद्धबुद्ध कलेजकाे आइसाेलेशनमा रहेकालाइ प्रमाणपत्र सहित विदाइ गर्दै गापा अध्यक्ष नुनबहादुर थापा [/caption] कोरोना निको हुनेहरूमा माथागढीका २९, रामपुरका ११७, पूर्वखोलाका १५९, रैनादेवी छहराका ३८, रम्भाका ४०, बगनासकालीका ३७, तिनाउ ८ रिब्दीकोटका ५,निस्दीका ९४,तानसेनका १३ र अन्य अस्पतालका ३ जना रहेका छन् । [caption id="attachment_11762" align="alignnone" width="1384"] पूर्वखाेलाकाे गणपति मावि आइसाेलेशनबाट घर फर्किने तयारीमा युवाहरु ।[/caption] उनीहरू सबैको दोस्रो पटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । पाल्पामा हालसम्म ५५६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । पछिल्लो समय भारतलगायतका मुलुकबाट जिल्लामा आउने मानिसको सङ्ख्या घटेपछि कोरोना संक्रमण दर पनि घटेको छ । पाल्पामा विभिन्न आइसाेलेशनमा गरेर १३ जनाकाे उपचार जारी रहेकाे छ । उनीहरु सबैकाे अवस्था सामान्य नै रहेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update