Erani Mahal
निस्दी गाउँपालिकाद्वारा  पहिलाे पटक बजार अनुगमन
116154420_564423544252638_5734254637035370422_n
पाल्पा- निस्दी गाउँपालिकाले बजार अनुगमन गरेको छ। गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको नेतृत्वमा कर्मचारी , प्रहरी , पत्रकार लगायतको टोलिले बुधबार बजार अनुगमन गरेको हो । पहिलो पटक गाउँपालिका केन्द्र मित्याल बजारमा रहेका विभिन्न पसलहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा केहि पसल व्यावसायीहरुले विना दर्ता संचालन गरेको , होटल तथा किराना पसलले मूल्य सुची नराखिकन समान बिक्री गरेको भेटिएको थियो। अनुगमन टोलिले छिटोभन्दा छिटो प्रक्रिया पुर्याएर दर्ता गर्ने , मुल्य सुची राख्ने , म्याद नाघेको सामग्री बिक्री नगर्ने तथा सरसफाइ र व्यवस्थित तरिकाले पसल व्यवसाय संचालन गर्न सुझाव दिएको छ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update