Erani Mahal
सिद्धबाबा कालीनागको मन्दिर नजिकै पहिरो जाँदा : पाल्पा-वुटवल सडक अबरुद्ध
109117103_608846323373320_1840823531314160716_n
पाल्पा, सिद्धबाबा कालीनागको मन्दिर नजिकै पहिरो जाँदा पाल्पा वुटवल सडक अबरुद्ध भएको छ । सोमवार राती ९ बजेको समयमा कालीनाग मन्दिर नजिकै पहिरो झरेपछि बाटो पूर्ण रुपमा अबरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ । लगातार वर्षात भइरहेको र तत्काल बाटो खुलाउने अवस्था नभएकोले भोली विहान मात्रै त्यस क्षेत्रमा बाटो खुलाउने काम सुरु हुने प्रहरीले जनाएको छ । प्रहरीले पाल्पा बुटवल सडकमा यात्रा गर्दा रातीमा नहिड्न र अत्यावश्यक भएमा बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update