Erani Mahal
पाल्पामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरू
2 (5)
पाल्पा - जिल्ला प्रशासन कार्यालय, पाल्पाले छुटै युनिट स्थापना गरेर राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरू गरेकाे छ । प्रशासनले साेमबारदेखि तानसेनस्थित कार्यालयबाट परिचयपत्रकाे विवरण संकलन गरेकाे हाे । परिचयपत्र विवरण संकलन शुभारम्भ कार्यक्रममा प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, विरवहादुर राना, तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही, पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्याैपाने र पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतकाे सहभािगता रहेकाे थियाे । [caption id="attachment_11915" align="alignnone" width="960"] तस्विरहरू स्राेत : जिप्रका, पाल्पा ।[/caption] कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले राष्ट्रिय परिचयपत्रका बारेमा जानकारी दिनुभयाे । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वन्जाडेले रास्ट्रिय परिचय पत्रको बारेमा संक्षित प्रस्तुतीकरण गर्नुभएकाे थियाे । प्रदेश सभा सदस्यद्दय, तानसेन नगरपालिका नगरप्रमुख सहित पत्रकार महसंघ पाल्पाका अध्यक्षले राज्यको नीतिको स्वागत गर्दै अ-आफ्नो क्षेत्रबाट सहयोग समन्वय गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update