Erani Mahal
पाल्पाकाे रम्भादेवी मन्दिरकाे मूर्ति र दानपात्र चाेरी, चाेरी गर्ने फरार
1 (3)
पाल्पा - जिल्लाकाे रम्भा गाउँपालिकामा रहेकाे रम्भादेवीकाे दानपात्र, मु्र्ति चाेरी भएकाे छ । रम्भाकाे वडा नं. १ स्थित तीनधारे सामुदायिक जंगलभित्र रहेकाे रम्भादेवी मन्दिरभित्र रहेकाे दुर्गाकाे र गणेशकाे मुर्ति सहित दानपात्र चाेरिएकाे हाे । साेमबार बिहान साढे ७ बजेकाे समयमा मन्दिरकाे मूलढाेकाकाे ताला ताेडी मुर्ति र दानपात्र चाेरी भएकाे हाे । चाेरी भएकाे सूचनाका आधारमा प्रहरीले खाेजविन गरेपछि दानपात्र र मुर्ति भने फेला परेकाे छ । तर चाेरी गर्ने फरार रहेकाे प्रहरीकाे भनाइ छ । दानपात्र मन्दिर तल सकुशल फेला परेकाे र मूर्ति भने स्याङ्जा जिल्लाकाे गल्याङ् नगरपालिका १, मालुङ्गामा देवी र गणेशकाे मूर्ति फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयाे । [caption id="attachment_11910" align="alignnone" width="1932"] प्रहरीले चाेरी भएकाे सामान समितिलाइ बुझाउँदै । तस्विर : जिप्रका, पाल्पा ।[/caption] चाेरी भएकाे दानपत्र, मूर्तिहरू रम्भादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माेहनबहादुर पछाइलाइ बुझाइएकाे पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे । मूर्ति र दानबाकस कसले चाेरेकाे हाे भन्ने बारेमा भने अनुसन्धान भइरहेकाे र संलग्नकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ र
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update