Erani Mahal
डोजर लगाएर बिचैमा छोड्दा रामपुर स्याउलीबजारकाे दुई घर भत्कियो
115824506_688226742048819_3910686272703559730_n
पाल्पा - पाल्पाकाे स्याउलिबजार-मित्याल मोटर बाटो निर्माणले जोखिम रहेको स्याउलीबजारका २ घर बर्खाले भत्किएको छ । झण्डै एक महिनादेखी जोखिममा बस्दै आएका स्थानीय लक्ष्मी मल्ल र गम बहादुर मल्लको घर गतराती घर पछाडीबाट भेल पसे संगै भत्किएको हो । जोखिम मोलेर घरमा नै बसिरहेका लक्ष्मीका ३ र गम बहादुरका ६ जनाको परिवारलाई स्थानिय दानस मल्ल लगायतका स्थानियले राती १० बजे छिमेकीकोमा लगेका थिए । रातीमा मुसलधारे पानी परिरहेपछी घर भत्कने संभावनाले उनीहरुलाई नजिकका घरमा सारेको मल्लले बताउनुभयो । स्याउलिबजार खण्डको सो सडक बिस्तार कार्यको जिम्मा लिएको ठेकेदारले जेठ-असारमा डोजर चलाएर खन्दा भएको संरचना समेत बिगारेर सडक निर्माणको काम पूरा नगरी हिडेकै कारण स्याउलिबजारको ५ घर पहिरोको उच्च जोखिममा थियो। स्याउलिबजार माथीबाट आएको भेल सहितको हिलो माटो पछाडिबाट झ्याल,गारो भत्काउदै घरभित्र पसेको हो । अहिले पनि सो सडकखण्डमा पहिरो सिरहेको स्थानीयको भनाई छ । जब बर्खा लाग्न थालेपछी रातको समयमा मेघ गर्जिए संगै यहाका बासिन्दाहरु रात भर जागाराम हुन्थे । उज्यालो भए सङ्गै राहतको महसुस गर्ने लक्ष्मीको घर भित्र भेल पसेपछी अब झन् कसरी जिउने भन्ने समस्या परेको छ । उनको घर पुर्ण रुपमा क्षती छ । घरका मानिस र पशुलाई समयमा नै सारेका कारण थप क्षती हुन पाएन । सोही रफ्तारमा पानी परेको खण्डमा सबै घरमा क्षती पुग्न सक्ने आंकलन स्थानियले गरेका छन् । सांसद विकास कोष मार्फत आर्थिक वर्ष २०७६/०७७ मा स्याउली बजार–मित्याल मोटर बाटो को यहाँ सडक चौडा बनाउने काम भएको हो । बासिन्दाको घरको सुरक्षालाई वेवास्ता गर्दै बाटो फराक बनाएको गुनासो स्थानियले गरेपनी ठेकेदारले काम पूरा नगरी सडक अलपत्र पारेर छोड्दा सडकघरहरु जोखिममा परेको स्थानिय सुर्य श्रेष्ठले बताउनुभयो । ‘माथि बाट खसेको माटो सहितको भेल घर भित्रै पसेको हो, हामीले पहिले पनि माटो हताएर छेक्ने प्रयास गरेका थियौ तर ठूलो पहिरो र नियमितको बर्षाले हामीले छेकेर छेकिने अबस्था रहेन । घुम्तीबाट पहिरो खसेर कालीगण्डकी करिडोर तलका बस्तीहरुमा पहिरो भित्र पसेर घर नै भत्किएको छ । निर्माण व्यबसायीकै लापरबाहीका कारण स्थानिय सुर्य श्रेष्ठ, नेत्र बहादुर मल्ल, दान कुमारी मल्ल लगाएतको घर जोखिममा परेको हो । अझ माटो खस्ने क्रम भने रोकिएको छैन । रातभर यत्तिकै अझ २/३ घण्टा पानी परेको भए बाकी घर पनि भत्किन्थ्यो नेत्र बहादुर मल्लले भन्नुभयो । ६ करोडको लागतमा सांसद विकास कोष मार्फत स्याउली बजार मित्याल खण्डका विभिन्न स्थानमा निर्माणको कार्य भएको थियो । सडक विस्तारका कारण कुनै बेला हरित मार्गको रुपमा निर्माण भएको सडकहरु अहिले गाडी त परको कुरा मान्छे हिड्न नसक्ने अवस्थामा पुगेको छ । पाल्पाको पूर्वी भेगका अधिकांश स्थानको सडक संजालको सम्बन्ध टुटेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update