Erani Mahal
पाल्पा-बुटवल क्षेत्रमा दुईवटा पहिरो, सडक अबरुद्ध : बाटो खुलाउने क्रम जारी
p (1)
पाल्पा, चारदिन यता कहिले बन्द कहिले खुल्ने गरेको सिद्दार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड पुनः अबरुद्ध भएको छ । पाल्पाको तानसेन ८ गौडेपुल र तिनाउँ गाउँपालिकाको दोभानमा पहिरो झरेकोकारण बाटो पुन अवरुद्ध भएको पाल्पा प्रहरीका सूचना अधिकारी मदन गिरीले बताउनुभयो । दुवै तर्फ अबरुद्ध सडकमा पाल्पा र बुटवलबाट डोजर लगाएर हटाउने र बाटो खुलाउने काम सुरु गरिएको गिरीले जानकारी दिनुभयो । पाल्पामा वर्षात सुरुभएसँगै सिद्दार्थ राजमार्गको विभिन्न ठाउँमा पहिरो जाने गर्दछ यस्तै ग्रामिण क्षेत्रमा पनि डोजरले बाटो खनेका कारण अहिले जताततै पहिरो झरेको छ । यस्तै तानसेन बर्तुग बासटारी क्षेत्र र बतासे हार्थोक, हार्थोक छहरा, रामपुर आर्य लगायता क्षेत्रमा पनि असारे बजेट सक्काउन बाटो खनेका कारण पहिरो झर्ने र बाटो अबरुद्ध हुने गरेका छन् । दुइ दिनदेखि बन्द पाल्पा बुटवल सडक आइतवार ५ बजेतिर खुलेकाे थियाे । फेरी राती अविरल पानी सहित पहिराे गएका कारण ८ बजेदेखि बन्द रहेकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update