Erani Mahal
डुम्रे गौडेपुल नजिकै फेरी पहिराे गयाे पाल्पा बुटवल सडक पुन:  अबरुद्ध
p (6)
पाल्पा- तानसेन–८, गौडेपुल नजिकै झरेको पहिरो हटाएर यातायात सुचार भएकाे दुइ घण्टामै पुन साेही स्थानमा पहिराे गएकाे छ । शनिबार बिहानदेखि गएकाे पहिरो हटाएर यातायात सुचारु भएकाे पहिराेमा आइतवार साँझ ८। १५ बजे फेरी पहिराे गएर बाटाे पूर्ण रुपमा अबरुद्ध भएकाे प्रहरीले जनाएको छ । हिजाेदेखि परेकाे पानीकाे कारण र पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग दुइदिनदेखि अबरुद्ध बनेको थियाे । माथिबाट खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको थियाे । अहिले फेरी साेही स्थानमा पहिराे गएकाे छ । पहिरो हटाउन पाल्पा र बुटवल दुवै तर्फबाट काम भएकाे थियाे तर आइतवार राति ८ बजेकाे समयमा पहिराे गएकाे र रात पनि भएकाे र लगातार वर्षात भएकाेले सडक तत्काल खुलाउने अवस्था नभएकाे प्रहरीले जनाएकाे छ । आजदेखि ३ दिनसम्म लगातार पानी पर्ने भएकाले राजमार्गका अन्य ठाउँमा समेत पहिराे झर्ने संभावना भएकाले यात्रा गर्दा सतर्कता अपनाउन पाल्पा प्रहरी र प्रशासनले अनुराेध समेत गरेका छन् । यस्तै अत्यावश्यक काम बाहेक अन्य समयमा यात्रामा ननिस्कन र रातीमा नहिड्न समेत उनीहरुले अनुराेध गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update