Erani Mahal
सिद्दार्थ राजमार्गमा  फेरी पहिराे खस्न सक्ने भन्दै सावधानी पूर्वक यात्रा गर्न पाल्पा प्रशासनकाे अनुराेध
gg
पाल्पा- सिद्दार्थ राजमार्गमा जतिबेला पनि पहिराे खस्न सक्ने भन्दै सावधानी पूर्वक यात्रा गर्न पाल्पा प्रशासन र प्रहरीकाे अनुराेध गरेकाे छ । बिगत केहि दिन देखि परिरहेको अबिरल वर्षाको कारण सिद्दार्थ राजमार्गको प्रभास देखि दोभान सडक खण्डको विभिन्न ठाउँहरुमा पहिरो गई सडक अबरुद्द भएको र प्रतिकुल मौसमका कारण पुनः पहिरो जान सक्ने अवस्थालाइ ध्यानमा राखेर सावधानी अपनाउन सम्पूर्ण सर्वधारणमा उनीहरुले आग्रह गरेका छन् । सामाजिक स‌जाल र इमेल मार्फत सूचना जारी गर्दै पहिराे झर्ने समस्या बिद्ममान रहेको हुँदा यात्रु महानुभावहरुको जोखिम पुर्ण यात्राबाट हुन सक्ने सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै आज मिति २०७७/०४/०४ गतेबाट अर्को सुचना नआएसम्म बेलुकी ०८:०० बजे देखि बिहान ०६:०० सम्म उक्त सडक खण्डमा आपतकालिन अवस्थाका बाहेक अन्य सवारी साधनहरु आवत जावत नगरि दिनु हुन विनम्र अनुरोध गर्दछौं प्रहरीकाे सूचनामा भनिएकाे छ । यस्तै जिल्ला प्रशासनले पनि अत्यावश्यक अवस्थामा बाहेक यात्रा गर्दा नजिककाे प्रहरी युनिट र प्रशासना बुझेरमात्र यात्रा गर्न अनुराेध गरेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update