Erani Mahal
पाल्पाकाे गौडेपुल नजिकै झरेको पहिरो हटाइयाे सिद्धार्थ राजमार्ग सुचारु
108261958_283775656185828_4466215012786906772_n
पाल्पा- तानसेन–८, गौडेपुल नजिकै झरेको पहिरो हटाएर यातायात सुचार भएकाे छ । शनिबार बिहानदेखि गएकाे पहिरो हटाएर यातायात सुचारु भएकाे प्रहरीले जनाएको छ । हिजाेदेखि परेकाे पानीकाे कारण र पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग दुइदिनदेखि अबरुद्ध बनेको थियाे । माथिबाट खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको थियाे । पहिरो हटाउन पाल्पा र बुटवल दुवै तर्फबाट काम भएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update