Erani Mahal
पाल्पामा चार खुट्टे कुखुरा देखियाे (हेर्नुहाेस् भिडियाे सहित)
115675139_328154081540111_3064007704547554857_n
विकास काफ्ले, पाल्पा - एउटा कुखुराको २ वटा खुट्टा हुन्छ भन्ने त हामीले देख्दै र सुन्दै आएका छाैँ तर पाल्पाकाे एउटा गाउँमा एउटै कुखुराकाे ४ वटा खुट्टा पनि देखिएकाे छ । पाल्पाकाे माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीका स्थानीय बासिन्दा ओमबहादुर रानाकाे कुखुराले चार वटा खुट्टा भएकाे बच्चा काेरलेकाे छ । कुखुराकाे माउले पाँच वटा बच्चा काेरलेका मध्ये एउटा बच्चाकाे ४ वटा खुट्टा देखिएकाे छ । उक्त बच्चा कुखुराकाे पछाडिकाे भागमा समेत अतिरिक्त २ वटा खुट्टा रहेकाे कुखुरापालक किसान रानाले बताउनुभयाे । रानाकाे कुखुराले चार वटा खुट्टा भएकाे चल्ला काेरलेपछि गाउँले समेत अचम्मित परेका छन् । यसअघि रानाकै घरमा एउटा बाख्राले ५ वटा बच्चा जन्माएकाे थियाे । रानाले अचम्म मान्दैँ रानीमहलसँगकाे कुराकानीमा भन्नुभयाे यसअघि पनि मेरै घरमा पाँच वटा बाख्रा जन्मियाे, अहिले ४ वटा खुट्टा भएकाे कुखुराका बच्चा देखियाे । रानाले चल्ला केही दिनपहिले काेरले पनि खुट्टा भने तीन दिनअघि मात्र देखिएकाे बताउनुभयाे । ४ वटा खुट्टा भएका चल्ला सकुशल नै रहेकाे परिवारले जनाएकाे छ । हेर्नुहाेस् भिडियाे : https://youtu.be/KTI_CxnGSgI (तस्विर र भिडियाे पाल्पाका क्रियाशिल पत्रकार विकास काफ्लेकाे सहयाेगमा ।)
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update