Erani Mahal
सिद्धार्थ राजमार्ग अझै खुलेन, पहिराे हटाउन केही समय लाग्ने
gg
पाल्पा – तानसेन–८, गौडेपुल नजिकै झरेको पहिरो अहिलेसम्म हटाउन सकिएको छैन । शनिबार बिहानदेखि अहिलेसम्म पहिरो खस्ने क्रम जारी छ । यसले सडकको पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अबरुद्ध बनेको छ । माथिबाट खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको छ । पहिरो हटाउन अझैँ केही दिन लाग्न सक्ने ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेले जानकारी दिनुभयो । उहाँले डुम्रे-मस्याम-झुम्साकाे बाटाे वैकल्पिक रूपमा प्रयाेग गर्न सकिने बताउनुभयाे । यद्यपी उक्त सडक फाेर ह्वील जीप तथा माेटरसाइकलका लागि मात्र उपयुक्त हुने उहाँले बताउनुभयाे । ठूला सवारीसाधनलाई भने यो बाटाे भएर जान समस्या हुनेछ । यसैबीच पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी प्रमुख दिपकराज खरेल र डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्द अधिकारीले सडकको अनुगमन गर्नुभएको छ । अनुगमन पछि सडक छिटोभन्दा छिटो खुलाउन आवश्यक सामग्री झिकाइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update