Erani Mahal
पाल्पाकाे बगनासकालीमा बाँदर धपाउने यन्त्र पड्केर एक युवक घाइते
pp
पाल्पा – पाल्पाकाे बगनासकाली गाउँपालिका वडा नं. २ पाेखराथाेकमा बाँदर धपाउने यन्त्र पड्किएर शनिबार एक जना युबक घाइते भएका छन् । गनासकाली गाउँपालिकाले बाँदर धापाउनका लागि उपलब्ध गराएको यन्त्र पड्किएर बगनासकाली गाउँपालिका-२ मनोज ज्ञवाली घाइते हुनुभएकाे हाे । उहाँकाे हातमा चाेट लागेकाे छ । उहाँकाे अहिले स्थानीय मेडिकलमा उपचार भइरहेको छ। बाँदरलाइ धपाउन यन्त्रकाे प्रयाेग गर्ने क्रममा पड्किएकाे हाे । युवक घाइते भएपछि गाउँपालिकाले वितरण गरेको कच्चा सामग्री(बादर धपाउने यन्त्र वा मान्छे मार्ने यन्त्र)गाउँपालिकाले सुरक्षाको जाँचबुझ नगरी वितरण गरेकाे गुनासाे छ । यससम्बन्धी पूरै जानकारी र प्रशिक्षण नदिइ याे यन्त्रकाे प्रयाेग गर्दा मानिस घाइते हुने र मानिसकाे समेत मृत्यु हुन सक्ने खतरा छ । यद्यपी यससम्बन्धी जानकारी भने सर्वसाधारणमा छैन । घाइतेले बाँदर धपाउने यन्त्रकाे प्रयाेग गर्न नजान्दा पड्किएकाे स्थानीय बासिन्दाकाे भनाइ छ । बाँदरले अन्नबाली खाएर हैरान भएका बगनासकालीका बासिन्दालाइ बाँदर धपाउन सहयाेग पुग्ने भनेर गाउँपालिकाले याे यन्त्रकाे खरिद गरेर वितरण गरेकाे थियाे ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update