Erani Mahal
असारे बजेट र त्यसले निम्त्याएकाे विपत्ति
editorieal
सम्पादकीय/ कोभिड १९ को कारण विश्वभर भएको लकडाउनको कारणले अहिले प्राकृतिक वातावरणमा भने सुधार आएको छ । मानवीय क्रियाकलापका कारण प्राकृतिक स्रोत र साधनको चरम दोहन, प्राकृतिक सम्पदाको विनास, बन्यजन्तुहरुको विनास जस्ता कारणले प्राकृतिक विपत्तिहरु आएको थियो । कोरोना भाइसरको संक्रमण त्राससँगै गरिएको लकडाउनले प्राकृतिक सन्तुलन हुँदा यस वर्ष वर्षात समेत समयमै भएको छ भने प्राकृतिक विभिन्न चक्रहरु समेत नियमित भएको छ । प्राकृतिक चक्र नियमित भएसँगै नेपालमा पनि अहिले प्रशस्त मात्रामा पानी परेको छ । जसले वर्षातमा बाढी, पहिरो र डुवानको संभावना र जोखिम बढाएको छ । लगातार परेको वर्षातको कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुवानहरु भएका छन् । पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा बाढीले डुवान भएको छ । कोरोना कहरमा रहेको नेपाली अर्थतन्त्रलाई यसले थप प्रभावित बनाएको छ । बाढी र पहिरोको कारण नेपालमा पनि दुई दर्जन बढीको ज्यान गइसकेको छ भने एकदर्जन बढी हराईरहेका छन् । नेपालमा बाढी र पहिरो आउने प्रमुख कारणको रुपमा मानवीय क्रियाकलाप नै हो । विकासको नाममा स्थानीय तह र वडा, गाउँटोलहरुमा मोटर बाटो र्लैजाने होडवाजीले गाउँघर अहिले पहिरोको जोखिम परेको छ । डोजरले खनेका बाटोहरुमा जथाभावी फालिएको माटोको कारण पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ भने पहाडको पहिरोसँगै गएको बाढीले चुरे, टटीय तथा तराई, भित्रि मधेश क्षेत्रमा डुवान र बाढीहरु बढेको छ । नेपालको असारे बजेट सक्काउन वर्षातको समयमा हतार हतार गरेर डोजर लगाउँदा पानीसँगै करोडौं रकम राताम्य र हिलाम्य हुँदै खोलामा पुगेको छ । जसले एकातर्फ सरकारी ढुकुटीको अरबौं रकम सकिएको छ भने अर्को तर्फ बाढी, पहिरो, विपत्ति जस्ता प्राकृतिक विपत्तिले धनजनको क्षति भएको छ । त्यसको न्यूनिकरणका लागि नेपालका नीति निर्माता, तीनतहका सरकार, जनप्रतिनिधिहरुको ध्यान बेलैमा पुग्नुपर्ने हुन्छ । अन्यथा नेपालमा पछिल्ला समयमा विकासमा नाममा हुने यस्ता विनासात्मक विपत्तिले विकास नभइ थप संकट र जटिलताहरु आउन सक्दछ त्यसतर्फ सबै सरोकारवाला निकायको ध्यान पुग्नु आवश्यक रहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update