Erani Mahal
रिडीखाेलाले बगाएका ४० वर्षिय मुखियाकाे शब फेला
khola
पाल्पा – शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउरस्थित रिडीखोला तर्ने क्रममा बेपत्ता भएका पुरूष मृत अवस्थामा भेटिएका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडाका ४० वर्षिय देबबहादुर मुखिया मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ । उनलाइ खाेलाले बगाएकाे र उनकाे शब पाल्पा र गुल्मी जिल्लाकाे सिमाना छत्रकाेट गाउँपालिका-५, मनवाकस्थित रिडी खाेलामा भेटिएकाे प्रहरीले जनाएकाे छ । थप अनुसन्धान कार्य भइरहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update