X
10
Shares

पाल्पामा एक जनालाई खोलाले बगायाे, बुटवलबाट स्याङ्जा हिडेकाे ट्रक पुरियाे

रानीमहल संवाददाता || ३ श्रावण २०७७,शनिबार ०८:५६

पाल्पा – पाल्पामा एक जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउरस्थित रिडीखोला तर्ने क्रममा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडाका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको हो । उनको अवस्था अहिलेसम्म पत्ता नलागेकाले खोजी कार्य भईरहेको पाल्पा प्रहरीले जनाएको छ । मुझुङ् प्रहरीको टोलीले बेपत्ता मुखियाको खोजी कार्य गरिरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

गौडेपुलमा ट्रक पुरियो
यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन ८ स्थित गौडेपुल नजिकै पहिरो खस्दा पहिराले एउटा ट्रक पुरेको छ । शनिबार बिहानै बुटवलबाट स्याङ्जा सामान लिन हिडेकाे लु १ ख ११७५ नम्बरको ट्रक पहिरो जाने स्थानमा फसेको र माथिबाट पहिरो आइ पुरेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अहिले पनि अबरुद्ध छ । खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys