Erani Mahal
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाकाे गाैडेपुल नजिकै पहिराे खस्दा पुन सडक अबरूद्ध
ss
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेपुल नजिकै पुन पहिरो खस्दा शनिबार रातिदेखि सडक अबरूद्ध बनेकाे छ । सडक माथिबाट खसेको पहिरोले सडक अबरूद्ध हुँदा शुक्रबार बिहानदेखि दिउँशाेसम्म सडक अरूबद्ध थियाे । पहिराे खस्दा पुन शनिबार रातिदेखि सडक अबरूद्ध बनेकाे छ । पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उहाँले पानी रोकिएपछि पहिरो हटाउने काम सुरु हुने बताउनुभयाे । प्रहरीका अनुसार शुक्रबार नालीमा फसेकाे ट्रकलाइ समेत पहिराेले पुरेकाे छ । यद्यपी मानवीय क्षति भने भएकाे छैन । यसअघि पनि सोही स्थानमा पहिरो खसेको थियो । पहिरो खसेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पासहित गुल्मी, स्याङ्जा, पोखरा लागेका यात्रु बीच बाटैमा अलपत्र परेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update