Erani Mahal
तानसेन र रामपुरमा थपिए, काेराेना संक्रमित
nn
पाल्पा - जिल्लामा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलामा संक्रमण देखिएको हो । थप भएका संक्रमितसँगै पाल्पामा काेराेना संक्रमित हुनेहरूकाे संख्या ५५५ पुगेकाे छ । जिल्लामा कूल संक्रमित मध्ये ५ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म माथागढी गाउँपालिकाका २८ जना, रामपुर नगरपालिकाका १ सय ११, पूर्वखोलाका १ सय ५८, रैनादेवी छहराका ३३, रम्भाका ३९, बगनासकालीका २८, तिनाउका ४ जना छन् । यस्तै रिब्दीकोटका ४, निस्दीका ९५, तानसेनका ६, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । उनीहरुलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको बताइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update