Erani Mahal
प्याव्सन पाल्पाद्वारा केन्द्रकाे समर्थन गर्दै अनलाइन कक्षा र विद्लाय बन्द राख्ने घाेषणा
p
पाल्पा- प्याव्सन पाल्पा द्वारा केन्द्रकाे समर्थन गर्दै अनलाइन कक्षा र विद्लाय बन्द राख्ने निर्णय गरेकाे छ । नीजि तथा संस्थागत विद्यालयकाे छाता संस्थाकाे रुपमा रहेकाे प्यावसनले केन्द्रकाे निर्णय अनुसार अनलाइन कक्षा बन्द गर्ने र कार्यालयहरु समेत सुचारु नगर्ने निर्णय गरेकाे हाे । प्याव्सन पाल्पाले शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरि विषम परिषथितिमा विद्यालयमा आर्थिक र व्यवसायिक संकट आइपरेकाेले यस्ताे काम निरन्तरता दिन र शिक्षकहरुलाइ तलव भत्ता दिन समस्या भएकाे जनाएकाे छ । काेराेना संक्रमणले पठन पाठनमा परेकाे प्रभावप्रति दुख व्यक्त गर्दै स्थानीय सरकार र केन्द्र सरकारले निर्णय गरेर विद्यालय संचालन भएपछि मात्र दायित्वहरु बाेध गर्न सकिन अन्यथा केही गर्न नसकिने अवस्था आएकाे जनाएकाे छ । जिल्ला अध्यक्ष भरतप्रसाद न्यौपानेले विषम परिस्थितिमा कक्षाहरु चलाउन र शिक्षक कर्मचारीलाइ तलब भत्ता वितरण गर्न समस्या भएर उक्त केन्द्रीय निर्णयलाइ साथ दिएकाे बताउनुभयाे । उहाँले बोर्डिङ्ग स्कुलहरु सञ्चालन नभएका र विद्यार्थीहरुसंग पनि शैक्षिक शुल्क नलिने निणर्य नेपाल सरकाले असार ८ गते जारी गरेको प्रेस विज्ञप्ती हाम्रो भावना विपरित भएकोले सबै कार्यक्रमहरु बन्द गर्नुपरेकाे बताउनुभयाे । प्यावसनले सराेकारवालासँग ७ बुँदे अपिल समेत गरेकाे छ । भर्ना कक्षा संचालन अभिलेखिकरण लगाएतका काम सुरु गर्न माग गरिएकाे छ । यस्तै शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरणको निर्माण गर्ने, पालैपालो रुपमा पठनपाठने व्यवस्था गर्ने, विद्यालयमा राखिएका क्वारेन्टाईनहरु अन्य स्थानमा सारी प्रयोग भएका सामानहरुको निर्मलीकरणको व्यवस्था गर्ने, केहि सार्वजनिक विदाहरु कटौती गरी प्याव्सन तथा पेशागत सस्थाहरुको समन्वयमा शैक्षिक क्यालेन्डर जारी गर्ने, १ शैक्षिक सत्रमा १ महिनाको शैक्षिक शुल्क बाहेर अन्य शुल्क लिन पाउने व्यवस्था गर्ने, विगतको वर्षमा नउठेको र यस वर्ष पनि शुल्क उठाउन नसकेकोले शिक्षक कर्मचारीलाई तलव भत्ता लगायत अन्य खर्चको व्यवस्था स्थानीय तहले गर्नुपर्ने, घर जग्गा कर, सवारी कर, व्यावसायिक कर लगायतका महशुलहरु छुटको व्यवस्था गर्नुपर्ने बताएको छ । प्याव्सनका केन्द्रिय सहकोषाध्यक्ष मिन प्रसाद बन्जाडे, ५ नं. प्रदेश सल्लाहकार खेम सारु र पाल्पाका संस्थापक अध्यक्ष भेषराज सुवेदीले चैतको पैसा डम्पिङ्ग भएर तलव भत्ता दिन नसकेको कुरा बताउनुभयाे । उहाँले कक्षा संचालन नभएकाे र शुल्क पनि नउठाएकाे अवस्थामा कर्मचारी र शिक्षकलाइ तलब भत्ता दिन बैंक ऋण तिर्न भाडा तिर्न र अन्य प्रशासनीक खर्च व्यवस्थापनमा समस्या भएकाले त्यसकाे संबाेधन सरकारले गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले अभिभावकसँगकाे छलफल गरेर विद्यालयहरूले अहिलेकाे समस्याकाे समाधान खाेज्नुपर्ने बताउनुभयाे । उहाँले अनलाइन कक्षा संचालनबाट विद्यालयले शुल्क लिनका अभिभावकसँग छलफल गर्नुपर्ने र थप शुल्क भने लिन नहुने बताउनुभयाे । पत्रकार सम्मेलन प्याब्सन पाल्पाका अध्यक्ष न्याैपानेकाे अध्यक्षता, उपाध्यक्ष महेश बज्राचार्यकाे स्वागत र सचिव डाँसुराम पन्तकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update