Erani Mahal
पाल्पामा कोरोना जितेर घर फर्किने  ५ सय ९ कुन-कुन ठाउँका ?
उग (1)
पाल्पा – पाल्पामा कोरोना भाइरस सङ्क्रमणलाई जितेर घर फर्किने दिनहुँ बढेका छन् । कोरोना भाइरस लागेका मानिसहरू निको भएर घर फर्किने दिनहुँ बढेका हुन् । पाल्पामा हालसम्म ५ सय ९ जना कोरोना जितेर घरमा फर्किसकेका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भई जिल्लाको विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत ५ सय ९ जना कोरोना जितेर घरमा फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । शुक्रवार रम्भा गाउँपालिका र पूर्वखाेलाका ८४ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका महामारी फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । योसँगै घर फर्किनेको सङ्ख्या ५ सय ९ पुगेको उहाँले बताउनुभयो । [caption id="attachment_11763" align="alignnone" width="2048"] पूर्वखाेलाकाे उद्धबुद्ध कलेजकाे आइसाेलेशनमा रहेकालाइ प्रमाणपत्र सहित विदाइ गर्दै गापा अध्यक्ष नुनबहादुर थापा [/caption] कोरोना निको हुनेहरूमा माथागढीका २८, रामपुरका १११, पूर्वखोलाका १५८, रैनादेवी छहराका ३३, रम्भाका ३९, बगनासकालीका २८, तिनाउ ४ रिब्दीकोटका ४, निस्दीका ९५, तानसेनका ६ र अन्य अस्पतालका ३ जना रहेका छन् । [caption id="attachment_11762" align="alignnone" width="1384"] पूर्वखाेलाकाे गणपति मावि आइसाेलेशनबाट घर फर्किने तयारीमा युवाहरु ।[/caption] उनीहरू सबैको दोस्रो पटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । पाल्पामा हालसम्म ५५३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । पछिल्लो समय भारतलगायतका मुलुकबाट जिल्लामा आउने मानिसको सङ्ख्या घटेपछि कोरोना संक्रमण दर पनि घटेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update