Erani Mahal
गाैडेपुल नजिकै पहिराे खस्दा सिद्धार्थ राजमार्ग पुन: अबरूद्ध
pahiro
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेपुल नजिकै पुन पहिरो खस्दा शुक्रबार बिहानैदेखि सडक अबरूद्ध बनेकाे छ । शुक्रबार रातिदेखि परेको अबिरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोका कारण सडक अबरुद्ध बनेको छ । पहिरो हटाउने खोजेपनि प्रयास सफल हुन सकेको छैन । अहिले पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उहाँले पानी रोकिएपछि पहिरो हटाउने काम सुरु हुने जानकारी दिनुभयो । यसअघि पनि सोही स्थानमा पहिरो खसेको थियो । पहिरो खसेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पासहित गुल्मी, स्याङ्जा, पोखरा लागेका यात्रु बीच बाटैमा अलपत्र परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update