Erani Mahal
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउकाे पैठेमा खसेकाे पहिराे हटाइयाे, यातायात सुचारू
ooooo
पाल्पा – बिहीबार बेलुकी साढे ५ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नं. ३, पैठेडाँडामा गएको पहिरो हटाएपछि सडकमा यातायात सुचारु भएको छ । ५ः३० बजे सडक माथिबाट खसेको पहिरो ६ः३० बजे हटाइएको हो । चार दिनअघि त्यस स्थानमा पहिरो खसेर ४५ घण्टापछि पहिरो हटाइएको थियो । आज बिहीबार पुन सोही स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । यात्रुहरुले सिद्धबावा क्षेत्रमा लगातार पहिरो जाने र मानिसले जोखिम उठाएर यात्रा गर्नुपरेको भन्दै सडकको विकल्प खोज्न दवाब दिदैँ आएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update