Erani Mahal
तानसेनमा मास्क नगलाई हिडडुल गर्ने ५७ जना प्रहरीकाे कारबाहीमा
uuu
पाल्पा – लकडाउनको अबज्ञा गरी हिड्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको छ । लकडाउनका समयमा भीडभाड गर्ने, मास्क नगलाई हिडडुल गर्ने, तोकिएको भन्दा धेरै मानिस बोकेर सवारी गुडाउनेलाई पाल्पा प्रहरीले कारबाही गरेको हो । प्रहरीले पाँच दिनमा हालसम्म ५७ जना व्यक्तिलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ । प्रहरीले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरी हिडडुल गर्ने मानिसलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ । [caption id="attachment_11609" align="alignnone" width="2560"] प्रतिकात्मक तस्विर ।[/caption] पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले हालसम्म पाल्पामा लकडाउनको अबज्ञा गरी हिड्ने ५७ जना व्यक्तिलाई कारबाही स्वरुप १०० रुपियाँ तिराई छाडिएको बताउनुभयो । उहाँले तानसेन लगायतका विभिन्न स्थानबाट ५७ जना मानिसलाई पक्राउ गरेर कारबाही गरेको बताउनुभयो । उनीहरुलाई मास्क लगाउन, हात धुन, लकडाउन सम्बन्धी जानकारी समेत दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update