Erani Mahal
पाल्पामा हालसम्म ८५ प्रतिशत धान रोपाईं सकियाे
Untitled-1
पाल्पा – यस वर्ष समयमै पानी परेकाले पाल्पामा ८५ प्रतिशत धान रोपाइ सकिएको छ । अघिल्ला वर्षहरूमा यतिबेलासम्म ३०/३५ प्रतिशत मात्र धान रोपाईं हुने गरेकोमा यो वर्ष असारमै ८५ प्रतिशत धान रोपाईं सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । कृषि ज्ञान केन्द्रले साउनको पहिलो हप्तासम्ममा जिल्लाभर धान खेती हुने क्षेत्रमा रोपाईं सकिने जनाएको छ । विगतका वर्षमा साउन महिनाको अन्तिमसम्ममा रोपाई सकिन्थ्यो । तर यो यो वर्ष भने समयमै पर्याप्त पानी परेका कारण धान रोपाईं छिटै सकिने ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । रामपुरका केही भागमा बाहेक अन्यत्र अधिकांश स्थानमा धान रोपेर सकिएको उहाँले बताउनुभयो । [caption id="attachment_11745" align="alignnone" width="787"] तस्विर : विकास काफ्ले ।[/caption] पाल्पामा नौँ हजार ३२५ हेक्टर भूभागमा धान खेती हुँदै आएको छ । त्यसमध्ये सिंचाईको सुबिधा भएको आठ हजार ६०० हेक्टर हो । पाल्पाको रामपुर, माडी, अर्गली, गेझा, कचल, झडेवालगायतका फाँटहरूमा धान खेती गरिन्छ । यो वर्ष समयमै पानी परेकाले रोग नलागे धान उत्पादनमा बृद्धि हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने स्थानमा समेत यो वर्ष रोपाईँ सुरु भईसकेको छ । यो वर्ष लकडाउनका कारण धेरै मानिस गाउँमै भएकाले बाँझा जग्गा समेतमा धान तथा अन्य खेती भईरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update