Erani Mahal
रामपुरकाे आव २०७७/०७८ का लागि ७१ करोड २० लाखकाे बजेट, संशाेधनसहित पारित
107827796_283626456041162_8559718625778068866_n
पाल्पा - रामपुर नगरपालिकाको सातौ नगर सभाले आगामी बर्षको लागि ७१ करोड २० लाख ३० हजारको बजेट पास गरेको छ । असार १० गतेदेखि शुरु भएको सातौ नगरसभाको बुधबार सम्पन्न सभाले झण्डै ५ करोड रुपैयाँ रकम संसोधन थप गरी बजेट पारित गरेको हो । गत नगरसभाकाे उद्घाटन सत्रमा ६५ करोड अनुमानित बजेट प्रस्तुत भएको थियो । नगरपालिका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले प्रस्तुत गर्नुभएको बजेटमा संघीय शसर्त ३० करोड ६५ लाख संघीय विशेष अनुदान तर्फ १ करोड, प्रदेश सशर्त ३ करोड ७८ लाख ५० हजार, प्रदेश समपुरक अनुदान तर्फ २ करोड ३४ लाख ८० हजार, प्रदेश विशेष अनुदान तर्फ ७० लाख, संघीय समानिकरण अनुदान ११ करोड ९३ लाख, प्रदेश समानिकरण अनुदान ५४ लाख ३१ हजार, प्रदेश सरकार राजस्व बाडफाड ८९ लाख ९७ हजार, संघीय राजस्व बाडफाड तर्फ ८ करोड ७१ लाख ८९ हजार ६ सय ४०, आन्तरिक श्रोत तर्फ ७ करोड ३९ लाख ६० हजार ३ सय ९२ रुपया, अ.ल्या ५० लाख र बजेट घाटा तथा अपुग रकम २ करोड ७३ लाख २१ हजार ९ सय ६८ गरि कुल ७१ करोड २० लाख ३० हजारको बजेट पारित गरेको हो । सभामा उठेका जिज्ञासा तथा कार्यबिधीका बिषयमा नगर प्रमुख रमण बहादुर थापाले जवाफ दिनुभएको थियो । नगर सभाको संचालन प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले गर्नुभएको हो । नगर सभाबाट ३ नियमावली तथा कार्यविधि पारित रामपुर नगरपालिकाको सातौ नगरसभाले विभिन्न नियमावली तथा कार्यबिधी पारित गरेको छ । असार १० गते शुरु भएको नगर सभाको समापनको अबसरमा नगरपालिकाले महिला हिंसा निवारण कोष संचालन नियमावली २०७७, मेलमिलाप कार्य संचालन तथा व्यबस्थापन कार्यबिधी २०७७ र आपतकालिन बालउद्दार कोष संचालन नियमावली २०७७ पारित गरेको हो । नगरपालिकाले आबश्यकता, थप कार्यक्रम तथा संसोधनको आबश्यकताको आधारमा कार्यबिधी पास गरेको हो । नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले लैंगिक हिंसा निवारण कोष संचालन नियमावली २०७७, न्यायिक समिती सदस्य बिष्णु प्रसाद बस्यालले मेलमिलाप कार्य संचालन तथा व्यबस्थापन कार्यबिधी २०७७ र नगर प्रबक्ता हुमनाथ न्यौपानेले आपतकालिन बालउद्दार कोष संचालन नियमावली २०७७ नगर सभामा प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update