Erani Mahal
तानसेनका वडा सदस्य श्रेष्ठको निधन
ttttt
पाल्पा – तानसेनका समाजसेवी तथा वडा नं. २ का वडा सदस्य गोपाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मुटुसमन्धी समस्यासँग जुधिरहनुभएका श्रेष्ठको बुधबार बिहान काठमाडौँमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । श्रेष्ठ तानसेन गुठीलगायतका एक दर्जन संघसंस्थामा सक्रिय रहनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि विगत एक वर्षदेखि उहाँको उपचार हुँदै आएको थियो । उहाँको निधनप्रति विभिन्न व्यक्तिहरुले सामाजिक संजालमार्फत दुख तथा शोक व्यक्त गरिरहेका छन् । श्रेष्ठ नेपाली कांग्रेस पाल्पाका क्रियाशिल सदस्य समेत रहनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update