Erani Mahal
सिद्धार्थ राजमार्ग २७ घण्टादेखि अबरूद्ध, पहिराे हटाउने काम जारी !
108169865_596524361298931_239451416319409175_o
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३, पैठेडाँडामा गएकाे पहिराे हटाउन नसक्दा राजमार्ग अझै खुल्न सकेकाे छैन । साेमबार बेलुकी ५ बजेदेखि अबरूद्ध सडक २७ घण्टामा पनि खुल्न नसकेकाे हाे । सडक खुलाउन डाेजर, स्काभेटर सहितका ४ वटा साधन प्रयाेग भएपनि सडकमा खसेकाे ठूलाे ढुंगा हटाउन समस्या भइरहेकाे छ । बाटाे खुलाउने प्रयास जारी छ तर आज मंगलबार राति नाैँ बजेसम्म सडककाे पहिराे हटाउन सकिएकाे छैन, प्रहरीले स्राेत भन्छ । [caption id="attachment_11659" align="alignnone" width="720"] तस्विर : ट्राफिक प्रहरीकाे सहयाेगमा । [/caption] अस्तिदेखिकाे अबिरल वर्षाका कारण पैठेमा ठूलाे पहिराेसहित ढंगा खसेकाे थियाे । सडक अबरुद्ध भएपछि बुटवलबाट पाल्पा आएका र पाल्पाबाट बुटवल हिडेका हजाराैँ सवारीसाधन बिचैमा अलपत्र परेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update