Erani Mahal
रम्भाका उत्कृष्ट कर्मचारी र शिक्षक सम्मानित
oo
पाल्पा – रम्भा गाउँपालिकाले उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीको रुपमा रम्भा गाउँपालिका वडा नं. १ का कार्यालय सहायक हरिप्रसाद भण्डारी, उत्कृष्ट शिक्षकको रुपमा रकमादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक धातानन्द बस्याललाई नगद रु १० हजार सहित सम्मान गरेको हो । यस्तै उत्कृष्ठ बालसहयोगी कार्यकर्ता हरिकला पाठक, जनता प्राविका प्रअ कमला श्रेष्ठ, उत्कृष्ट विद्यार्थी अनमोल तिवारी र आयुसा रानालाई सम्मान गरेको हो । उनीहरु सबैलाई नगद रु १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल लगायतले सम्मान गर्नुभयो । उहाँहरुले आगामी दिनमा पनि गाउँपालिकामा उत्कृष्ट काम गर्न आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष भण्डारीले उत्कृष्ट काम गरेर रम्भाको विकास र उन्नतिमा सहयोग गर्नेलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update