Erani Mahal
तिनाउ झुम्सामा पहिरो जाँदा मन्दिर र सामुदायिक भवन पुरियाे
107898213_310132286796115_5486068717764778568_n
पाल्पा– लगातार परेको वर्षातका कारण पाल्पा लगाएतका ठाउँहरुमा भौतिक क्षेति बढेको छ । सोमवारदेखि परेको अविरल वर्षातका कारण पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान झुम्सामा पहिरो जाँदा मन्दिर र सामुदायिक भवन पुरिएको छ । तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको दुर्गा मन्दीर र तिलोत्तमा महिला जनजागरण आमा समूहको भवन पुरिएको हो । भवनमा पहिरोले क्षति पुर्याउँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटना स्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी हवल्दार चुरामणी पोखरेलको नेतृत्वमा टोली खटिइ आवश्यक समन्वय गरिएको प्रहरीले जनाएको छ । तस्वीरहरु ः ओमप्रकास पाण्डेको सहयोगमा ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update