Erani Mahal
दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव पाल्पाका डाक्टर मानबहादुर बिक बने
man_bk
पाल्पा - पाल्पाका डाक्टर महानबहादुर विक नेपाल सरकारकाे पहिलाे दलित सचिव बन्नु भएकाे छ । यससँगै नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ । मन्त्रिपरिषदको साेमवार साँझ बसेको बैठकले सहसचिव डा मानबहादुर विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरे पछि दलितबाट पहिलो पटक सचिवमा प्रतिनिधित्व हुने भएको हो । दलितबाट अहिलेसम्म सचिव स्तरमा कोहि पनि पुग्न सकेका थिएनन् । पाल्पा रिब्दीकाेट गाउँपालिका वडा नं २ घर हुनुभएका विकले माइक्रोफाइनान्समा पीएचडी गर्नुभएकाे छ । उहाँले खाद्य सुरक्षाबारे समेत राम्रो जानकार राख्नुभएकाे छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी भएर प्रशासकको अनुभव लिएका बिक प्रदेश ५ प्रदेश सभाका सचिव तथा प्रदेश ५ कै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि सचिव भएर जिम्मेवारी निभाउनुभएकाे थियाे । सचिवमा बढुवा भएसँगै उहाँलाइ विभिन्न दलित संग संस्था अगुवाहरु सर्वसाधाण र आम पाल्पाली जनसमुदायले समेत सामाजिक संजाल र विभिन्न माध्यमबाट शुभकामना तथा बधाइ दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update