Erani Mahal
पाल्पा- रामपुर सडक खण्डमा तीन पहिराे : बाटाे पूर्ण रुपमा अबरुद्ध
rampur sadaak
पाल्पा - पाल्पा तानसेन रामपुर सडक खण्डमा तीन ठाउँमा पहिराे गएकाे छ । आर्यभन्ज्याङ् देखि रामपुरसम्ममा तीनवटा ठुला पहिराे जाँदा सडक पूर्ण रुपमा अबरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । मंगलवार विहान रामपुर ४ गिजिनडाडा, निष्दी गाउँपालिका वडा नं ५ बेलडाडा र पुर्बखोला गाउँपालिकाकाे वडा न‌‍ १ चापगैरामा पहिराे गएकाे हाे । पहिराेका कारण सवारी साधन आवत जावत समेत राेकिएकाे छ । प्रहरीले स्थानीय तह सडक कार्यालयसँग समन्वय गरेर तत्काल डाेजर ल्याइ बाटाे खुलाउने प्रयास जारी राखेकाे प्रहरी नायव उपरिक्षक मदन गिरीले बताउनुभयाे । गएरातिदेखि परेको अबिरल बर्षको कारण बाटो माथिबाट पहिरो खस्न जाँदा बाटो पुर्ण रुपमा अवरोध भएको हाे । यस्तै पाल्पाका अन्य ग्रामिण सडकहरु समेत अबरुद्ध भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update