Erani Mahal
तिनाउकाे दाेभानमा नवजात शिशु स्वागत कार्यक्रम
108390790_2533500116753362_5671915056883112482_n (1)
पाल्पा- तिनाउ गाउँपालिका वडा नं २ को विनियोजित वजेट र दोभान स्वास्थ चौकी र सुआहारा कार्यक्रमको संयोजनमा नवजात शिशु स्वागत कार्यक्रम सम्पन्न भयो । यो वर्ष तिनाउ २ मा साउन देखि जन्मिएका ४८ जना शिशु र आमालाई न्यानाे कपडा झुल र सर्वाेत्म पिठाे दिएर स्वागत तथा सम्मान गरियो । वडा नं २ को १ लाख बजेटबाट झुल, हर्लिक्स, वालविटा र लिटो लगायत सामग्री वितरण गरिएको थियो । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले वडा नं २ ले नौलो कार्यक्रम नवजात शिशु स्वागत कार्यक्रम आयोजना गरि बच्चा र आमालाई सम्मान गरेको बताउनुभयो। उहाँले नवजात शिशुकाे विशेष ख्याल गर्नुपर्ने बताउनुभयाे । तिनाउका स्वास्थ्य संयोजक कृष्ण कार्कीले आमाहरुले भविष्यका कर्णधार आफ्ना नानीहरुको स्वास्थ्य सरसफाइ लगायत खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य स्वयमसेवीका तुलकुमारी चिदी प्रेमकुमारी बगालेले स्वछिक अवकास लिनुभएकाे थियाे । उहाँहरुलाइ १०/१० हजार नगर सहित विदाइ समेत गरिएकाे छ । वडा अध्यक्ष राजेश श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रम दोभान स्वास्थ्य चौकीका ईन्चाज ठाकुर जि सी को स्वागत र सुहाआराका मनका काउछाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update