Erani Mahal
पाल्पामा थप ४ जनामा कोरोना पोजेटिभ स‍ंख्या ५ सय ५३ पुग्याे
Corona
पाल्पा– पाल्पामा कोरोना भाइरस कोभिड १९ पोजेटिभको संख्या ५ सय ५३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार पाल्पाका कुल ५ सय ५३ जनामा कोरोना पोजिेटिभ देखिएको हो । पन्थीका अनुसार पाल्पामा उपचारको क्रममा आएका बाहिरी जिल्लाका ३ जना रहेका छन् । उहाँका अनुसार पाल्पामा कोरोना जितेर ३५३ जना घर फर्किएका छन् । माथागढी गाउँपालिककाका ३० जना, रामपुर नगरपालिकाका ११६, पूर्वखोला १५९, रैनादेवी छहराका ३८, रम्भा गाउँपालिकका ४०, बगनासकालीका ४२, तिनाउका ८, रिब्दीकोटमा ५, निस्दीमा ९९, तानसेनमा १३ जना रहेका छन्, यस्तै अन्य अस्पतालमा भर्ना भएका अरु जिल्लाका ३ जना गरी कुल ५५३ जनामा कोरोनाको लक्षण देखिएको स्वास्थ्य प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । आइतवार चारजना थपिए पाल्पामा आइतवार पाँचबजेसम्म निस्दी गाउँपालिकाका ४ जना पुरुषगरी कुल संक्रमितको संख्या ५ सय ५३ पुगेको हो । ३५३ जनाले कोरोना जितेर घर फर्किए पाल्पामा कोरोना पोजेटिभ देखिएर निको हुनेहरुमा माथागढीका २८,रामपुरका १०६,पूर्वखोलाका ३४,रैनादेवी छहराका २०,रम्भाका २५,बगनासकालीका २८, तिनाउ ४ रिब्दीकोटका ४,निस्दीका ९५, तानसेनका ६ र अन्य अस्पतालका ३ जना गरी कुल ३५३ जना कोरोना जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update